Erani Mahal
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक  (पूर्णपाठ)
Pradesh-sava
लुम्बिनी प्रदेश सरकारले प्रदेशको गौरवका आयोजनालाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्दै प्रदेशका गौरवका आयोजनालाई प्राथमिकता दिइने जनाएकाे हाे । प्रदेशको राजधानी दाङलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणको योजनालाई प्रदेश गौरवको आयोजनाका रुपमा लिइएको छ । अस्पताल, सडक, जलविद्युतलाई पनि गौरवको आयोजनाको रूपमा नीति तथा कार्यक्रममा समावेश गरिएको छ । प्रदेश सरकारले लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई गौरवको आयोजनामा राखेर नमुना आयोजनाका रूपमा निरन्तरता दिँदै क्यान्सर तथा मुटु रोगीलाई दुई लाख दिने योजना बनाएको छ । बुटवलमा मेडिकल कलेज बनाउने, राजधानी क्षेत्र रहेको दाङको लालमटियामा ५० शैय्याको अस्पताल बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश प्रमुख शेरचनले प्रदेशसभाले निर्धारित गरेको राजधानीलाई समेटी नयाँ नगरपालिकाको रूपमा विकास गर्ने प्रक्रिया थालनी गरिने पनि उल्लेख गर्नुभयाे । राजधानी तोकिएको स्थान अहिले राप्ती गाउँपालिकामा पर्दछ । नीति तथा कार्यक्रमको पूर्णपाठ : [pdf-embedder url="https://eranimahal.com/wp-content/uploads/2022/06/lumbini-niti-karyakram-79-80.pdf"]
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update