Erani Mahal
पाल्पाका विद्यार्थीको हातमा अझैं पुग्न सकेन पाठ्यपुस्तक
pathyapustak1653788289
पाल्पा– यो वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता बितिसकेको छ । यतिबेला विद्यार्थीको हातमा पाठ्यपुस्तक भएको भए दश प्रतिशत पढाई सकिन्थ्यो तर शैक्षिक सत्र सुरु भएको तीन साता बितिसक्दासमेत विद्यार्थीहरूले पाठ्यपुस्तक पाउन सकेका छैनन् । सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन्रत विद्यार्थीहरूले हालसम्म पनि अधिकांश विषयका पाठ्यपुस्तक पाउन नसकेको उनीहरुले बताएकाछन विद्यालयका पठनपाठन सुरु भएको तीन साता बितिसकेपनि विद्यार्थीको हातमा मुख्य विषयका पाठ्यपुस्तक पुग्न नसकेको अभिभावकको गुनासो छ । कक्षामा पठनपाठन सुरु भएको तीन साता बितिसक्यो अझैँ पुस्तक विद्यार्थीको हातमा पाठ्यपुस्तक छैन माथागढी–३, स्थित दिव्यज्योति माविका प्रधानाध्यापक लोकेन्द्र थापाले भन्नुभयो । विद्यार्थीको हातमा पाठ्यपुस्तक नहुँदा शिक्षकलाई पाठ अगाडि बढाउन अप्ठेरो परेको उहाँले बताउनुभयो । विद्यार्थीले पाठ्यपुस्तक नपाउँदा पठनपाठन समेत नियमित हुन नसकेको शिक्षकको गुनासो छ । विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक नपुगेपछि विद्यार्थीको पठनपाठनलाई नियमित रुपमा अगाडि बढाउन अप्ठेरो परेको शिक्षकहरूको गुनासो छ । विद्यार्थीको हातमा पाठ्यपुस्तक भए पठनपाठन सौहार्दपूर्ण रुपमा अगाडि बढ्थ्यो तर पाठ्यपुस्तक नहुँदा पाठन कसरी अगाडि बढाउने, शिक्षक प्रश्न गर्छन् । पाल्पाको सदरमुकाम तानसेन लगायत जिल्लाभरका पुस्तक पसलमा सामुदायिक र संस्थागत विद्यालयमा अध्यापन हुने पाठ्यपुस्तकको अभाव छ । ग्रामीण क्षेत्रमा अझैँ पाठ्यपुस्तक पाउन सकस छ । यस वर्ष शैक्षिक सत्र ढिला गरी सुरु भएपनि पाठ्यपुस्तकका कारण पठनपाठन प्रभावित बनेको शिक्षकहरूको भनाई छ । जिल्लाका स्टेष्नरी व्यवसायीले जनक शिक्षा सामग्री लिमिटेडबाटै पाठ्यपुस्तक माग अनुसार आपूर्ति हुन नसक्दा बजारमा पुस्तक अभाव भएको बताउँछन् । माग अनुसार बजारमा पाठ्यपुस्तक वितरण नहुँदा पाठ्यपुस्तक खोज्ने अभिभावक तथा विद्यार्थीलाई रित्तो हात फर्काउन बाध्य भएको तानसेनस्थित पुस्तक पसलका व्यवसायी विष्णु खनालले बताउनुभयो । यो वर्ष सामुदायिक विद्यालयका मात्र नभई संस्थागत विद्यालयका पाठ्यपुस्तक समेत अभाव भएको उहाँले बताउनुभयो । जिल्लामा संस्थागत विद्यालयमा अध्ययन्तर विद्यार्थीले समेत समयमै पाठ्यपुस्तक पाउन नसक्दा पाठनपाठनलाई सहज रुपमा लैजान नसकेको संस्थागत विद्यालयका शिक्षकहरूको भनाई छ । विगतका वर्षमा सामुदायिक विद्यालयको पाठ्यपुस्तक अभाव हुन्थ्यो तर यो वर्ष संस्थागत विद्यालयका पुस्तकसमेत बजारमा पर्याप्त छैनन् । समयमै पाठ्यपुस्तक नपाउँदा सिकाई उपलब्धी कमजोर बन्ने, पाठ्यपुस्तकका पाठ समयमै सिध्याउन समस्या हुने शिक्षकहरूको गुनासो छ । पाठ्यपुस्तक विद्यार्थीको हातमा अझैँ कहिले आइपुग्छ भन्ने नहुँदा पाठनपाठनमा अन्यौलता थपिएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update