Erani Mahal
पाल्पाको रैनादेवी छहरामा काँग्रेस माओवादीका सय बढी कार्यकर्ता एमाले प्रवेश
IMG_7191
पाल्पा – जिल्लाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । विजयी उम्मेदवारलाई बधाई तथा मतदातालाई धन्यवाद दिने आयोजित कार्यक्रममा यहाँका एक सय बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य रामहादुर राउत, विशिष्ट अतिथि एमाले पाल्पाका सचिव रामजी पोखरेल, कार्यालय सचिव दीपक विश्वकर्माले अबिर र खादा लगाएर पार्टी प्रवेश गराउनु भएको थियो । पटक पटक कांग्रेसलाई जिताउँदा यहाँ विकास नभएको उनीहरूले बताएका थिए । यहाँको विकास गर्न एमालेलााई साथ दिएको पार्टी प्रवेश गर्नेहरूले बताए । गठबन्धन दलले अब मुलुकको विकास नगर्ने नेता राउतले बताउनुभयो । व्यक्तिगत लाभ लिन गठबन्धन गरेका दलका नेताले रैनादेवी छहरामा विकास नगर्ने उहाँले दाबी गर्नुभयो । यहाँको विकासका लागि एमाले सरकारले विकल्प नभएको पाल्पाका सचिव रामजी पोखरेलले बताउनुभयो । यहाँको खानेपानी, सडक र बिजुलीको समस्या समाधान गर्न सिंगो एमाले जिल्ला पार्टीले पहल गर्ने उहाँले बताउनुभयो । आगामी केही महिनामा हुने प्रदेश र संघको निर्वाचनमा नेकपा एमालेका सबै उम्मेदवारलाई विजयी गराउने गरी पार्टीको काममा लाग्ने कार्यालय सचिव दीपक विश्वकर्माले आग्रह गर्नुभयो । कार्यक्रममा नवनिर्वाचित वडाध्यक्ष रेमबहादुर रानाले आफू निस्वार्थ भावले जनताको सेवामा खटिने बताउनुभयो । जनताको आधारभूत आवश्यकतालाई ख्याल गरेर विकास निर्माणका काममा लाग्ने उहाँले स्पष्ट पार्नुभयो । जिल्ला कमिटी सदस्य दिलबहादुर गाहाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव देवबहादुर गाहाले गर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update