Erani Mahal
पाल्पाली गायक शिरीषको ‘कहाँ हो तिम्रो मावल’ सार्वजनिक (भिडियाे सहित)
282186844_567487818107304_3627139828937308220_n
तानसेन - पाल्पामा जन्मिएर गायकको क्षेत्रमा ख्याती कमाएका शिरीष देवकोटाको स्वरमा नयाँ रोईला (खेली) गीत सार्वजनिक भएको छ । शिरीषकै शब्द, संगीत रहेको ‘कहाँ हो तिम्रो मावल’ गीतमा उनीसँग गायिका रितु कंडेलले स्वर दिनुभएकाे छ । कृष्ण बि.क (भान्जा)को एरेन्ज रहेको गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको हो । काजिश श्रेष्ठको निर्देशनमा यसको भिडियो तयार भएको हो । भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र लोमश शर्माको नृत्य रहेको छ । साथै, गायक/गायिका पनि भिडियोमा प्रस्तुत छन् । रोईला गीतका पर्याय मानिने शिरीषको एक वर्षको अन्तरमा यो नयाँ रोईला गीत सार्वजनिक भएको हो । गतवर्ष उनको ‘बोलीदेउ आधार’ बोलको रोईला गीत सार्वजनिक भएको थियो । पाल्पाको दर्लमडाँडामा जन्मिएका शिरीषको ‘खरबारीमा जान्छु, मुठ्ठी लिन्छु टोलाउँछु, पात बजाउँदै बोलाउँछु’, ‘म त आउने थिइनँ, यही चाल होला भन्या भा’, ‘दुर्गा हौ कि भवानी, बढ्दै गा‘को जवानी’, ‘अहिले टारी खेतमा गहुँ नछर तिल छर, माया लाउन मिल्छ र’ जस्ता रोइला गीत निकै चर्चित मानिन्छन् । ‘कहाँ हो तिम्रो मावल’लाई पनि स्रोता एवं दर्शकले रुचाउने उहाँले विश्वास लिनुभएकाे छ । ‘भिडियोको भ्युज अलि कम छ । तर, जतिले हेर्नुभएको छ राम्रो प्रतिक्रिया दिनुभएको छ’ गीतको प्रारम्भिक प्रतिक्रियाबारे बताउँदै उहाँले भन्नुभयाे, ‘भिडियो राम्रो बनेको छ । यस प्रकारका गीतको भ्युज विस्तारै बढ्ने गरेको छ । यो गीतले पनि विस्तारै राम्रो भ्युज पाउँदै जाने विश्वास छ ।’ ‘कहाँ हो तिम्रो मावल’को भिडियोलाई अजय रेग्मीले क्यामेरामा कैद गर्नुभएकाे हाे भने दीपक विष्टले यसको सम्पादन एवं कलर गर्नुभएकाे छ । भिडियो गायिकाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियाे हेर्नुहाेस् https://l.facebook.com/l.php?u=https%3A%2F%2Fyoutu.be%2FPZbDeWM-qmU%3Ffbclid%3DIwAR0P2Pz-bc4ljGk6b9eFpzpyk-AUJIh4aYM4KZ6lhfHhwZs-2RXn3utWFNk&h=AT1GGuJuQo41ZeUgMO47WMKynRmedmXtE_Np19MN5DutHVOeaRA9aEObLC5dvpliTytqD3W2ZBPTw09U_OTd9GC248P1xSLFpJsJ93D5oiHYOAEGZrTh_RC9awitu17D0Z6X
प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update