Erani Mahal
एमाले तानसेन नगरको निर्वाचन समिक्षा बैठक
Yemmaale (1)
पाल्पा– नेकपा एमाले तानसेन नगरकमिटिले स्थानीय तह निर्वाचनको समिक्षा सहितको बैठक सम्पन्न गरेको छ । बैठकले कार्यकर्ताको भावनालाई आत्मसात गर्दै पार्टीलाई अनुसाशित र एकताबद्ध बनाउनेगरी निरन्तर अभियानमा लाग्ने निर्णय गरेको छ । निर्वाचनको मैदानमा उत्रिएपछि हार जित हुन्छ, पाँचदलीय गठबन्धनका बावजुत पनि एमलेको पक्षमा सम्मानजनक मत प्राप्त भएकोमा तानसेनबासीमा बैठकले धन्यवाद समेत दिएको छ । निर्वाचनमा पराजित भएता पनि तानसेनको बिकास र सम्बृद्धीको यात्रालाई नेकपा एमालेले अझ उचाईबाट अगाडी बढाउने दृढता समेत प्रकट गरेको छ । एमालेबाट निर्वाचित वडा नं. ८,९,१० र १४ मा वडा अध्यक्ष र प्यानल सहित सदस्यहरुमा बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सम्मान गरियो । बिजेता जनप्रतिनिधीहरुको नेकपा एमाले तानसेन नगर संसदीय दल निर्माण गरी नगरको बिकास र निर्माणको कामलाई थप व्यवस्थित र प्रभावकारी बनाइने छ भने उपबिजेता कमरेडहरुले आफ्नो भुगोलमा रही आफ्ना मतदाताको संरक्षण सहित जनताको हितको पक्षमा र वडा सरकारमा शसक्त प्रतिपक्षको भुमिका निर्वाह गर्न आग्रह गरेको नगर अध्यक्ष गुराँस आत्रेयले बताउन’भयो । बैठकको अन्त्यमा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल, पाल्पा जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे, लुम्बिनी प्रदेश सचिवालय सदस्य नारायण प्रसाद आचार्यले सम्बोधन गर्दै पाल्पामा मतदाताले एमालेलाई विश्वास गरेर मतदान गरेकाले नेकपा एमाले एक्लै बहुमतका साथ जिल्ला समन्वय समिती निर्माण गर्ने र आउदो प्रदेश र संघिय निर्वाचनमा गठबन्धनका बिरुद्ध एक्लै जित हासिल गर्ने बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update