Erani Mahal
इरानीमहल सहकार्मी रायमाझी सीआईएन पुरस्कारबाट पुरस्कृत !
bhu
पाल्पा - इरानीमहल अनलाइनका सहकार्मी संवाददाता सामुदायिक रेडियो मुक्तिनाथका स्टेशन म्यानेजर तथा नेपाल पत्रकार महाँसघ पाल्पाका सदस्य भुवन रायमाझी सामुदायिक सूचना नेटवर्क सीआईएनको सामुदायिक उत्कृष्ट पुरस्कारबाट पुरस्कृत हुनुभएकाे छ । सीआईएनले १३ औं वार्षिक उत्सवको अवसरमा यस वर्षको सामुदायिक रेडियो ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट नगदसहित रायमाझीलाई सम्मान गरेको हो । पाल्पाका भुवन रायमाझीसहित चार जनालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेद्रबहादुर कार्कीले पुरस्कारले सम्मानित गर्नुभएकाे हाे । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले रायमाझीसहित सामुदायिक रेडियो ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट सुसिला श्रेष्ठ, शोभा हुमागाईँ लगायतलाई सम्मानित हुनुभएकाे हाे । रायमाझीले पाल्पाको सामुदायिक रेडियो मुक्तिनाथबाट विगत तीन वर्षदेखि सीआईएनमा आवद्ध रहेर काम गर्दै आउनुभएकाे छ । यस्तै सीआईएनले वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारी, शिक्षाविद् डा. विद्यानाथ कोइराला, प्राध्यापक धुब्र घिमिरे, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारी, सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई पनि सम्मान गरेको छ । यस्तै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल, राजनीतिक विश्लेषक जैनेन्द्र जीवन, शिक्षक सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठालाई समेत वार्षिकोत्सवका अवसरमा सम्मान गरिएको हो ।
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update