Erani Mahal
लाइसेन्सको आवेदनमा नयाँ प्रणाली लागू  (सूचना सहित) !
trail
काठमाडौं- यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदनमा नयाँ प्रणाली लागू गर्ने भएको छ । विभागले सोमबार साँझ ६ बजेदेखि नयाँ प्रणाली लागू भएकाे जाएको छ । नयाँ प्रणालीअनुसार आवेदन दिएको १५ दिनमा लाइसेन्स ट्रायलको पालो पाइने विभागका महानिर्देशक नमराज घिमिरेले बताउनुभयाे । १५ दिनभित्र पालो सक्ने गरी सिमित आवेदन परेपछि सिस्टम आफैं बन्द हुने व्यवस्था विभागले गरेको छ । यस्तै कोभिड महामारीका कारण लामो समय परीक्षा रोकिँदा पछिल्लो समय अत्यधिक चाप देखिएको र हालसम्म आवेदन दिएका निवेदन रद्द हुनेछ । नयाँ अनुमति पत्र लिने तथा वर्ग थप गर्नका लागि नयाँ प्रणालीबाट काम हुने भए पनि वर्ग थपका लागि भने अर्को हप्ताको सोमबारदेखि आवेदन दिन सक्ने पनि विभागले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update