Erani Mahal
पाल्पामा आजदेखि चार दिन नाप- ताैल जाँच शिविर संचालन हुँदै !
nap
पाल्पा- पाल्पा उद्योग वाणिज्य संघकाे सम्नवयमा पाल्पामा आजदेखि नापतौल सम्बन्धि यन्त्रहरु जाँच गरिने भएको छ ।  आज मंगलबारदेखि २१ गते शनिबारसम्म जिल्लाका विभिन्न स्थानमा नापतौल सम्बन्धि यन्त्रहरुको जाँच हुने भएको संघका अध्यक्ष राजु महर्जनले जानकारी दिनुभयाे  ।   पाल्पा उद्योग वाणिज्य संघले उक्त समयमा जिल्लाका उद्यमी व्यापारीहरुलाई आफ्नो नापतौल सम्बन्धि यन्त्रहरु जाँच गराउन अनुरोध समेत गरेको छ । उद्योग वाणिज्य संघको अनुरोधमा नेपाल गुणस्तर तथा नापतौल विभाग, गुणस्तर तथा नापतौल कार्यालय बुटवलबाट आउने टोलीले नापतौल यन्त्रको जाँच गर्न लागेको हो । व्यापारीहरुले प्रयोग गरिरहेको नापतौल यन्त्रहरु नयाँ दर्ता र पुनः जाँच हुने उद्योग वाणिज्य संघले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update