Erani Mahal
पाल्पाका कोरोना पीडितहरुले बुझाए सगरमाथा ईन्स्योरेन्स कम्पनीलाई ज्ञापनपत्र
IMG_0531-768x512
पाल्पा–पाल्पाका कोरोना पीडितहरुले बीमा कम्पनीलाई ज्ञापनपत्र बुझाएका छन् । १० दिनभित्र कोरोना बीमाको रकम भुक्तानी गर्न माग गर्दै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् । कोरोना बीमा वापत दाबी गरिएको रकम १० दिनभित्र भुक्तानी नदिएमा यस शाखा पुर्ण रूपमा तालाबन्दी गरिने भन्दै तानसेनस्थित सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख करूणा काफ्ले समक्ष बिमाबाट रकम नपाएका भन्दै कोरोना पीडितहरुले ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले संक्रमित भई बीमा दाबी गरेको एक महिनाभित्र भुक्तानी दिने भनि गरेको प्रतिवद्धता विपरित १ वर्ष बितिसक्दा पनि भुक्तानी नदिएकोे बताएका छन ।   सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेडमा एक लाख बराबरको बिमा गराई कोरोना पोजेटिभ भई निको भएको १ वर्ष सम्म पनि भुक्तानी रकम नपाएकाले यसको घोर विरोध गर्दछौं । अबको १० दिन भित्र हाम्रो बिमा रकम भुक्तानी नदिएमा यस शाखा पुर्ण रूपमा तालाबन्दी गरिने र देश व्यापी रूपमा सबै शाखा बन्द गरिदिने चेतावनी समेत दिन चाहान्छौ, ज्ञापनपत्रमा उल्लेख छ ।   सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेड, पाल्पाले १ हजार २ सय २० वटा बिमा गरेकोमा ६ सय बिमा भुक्तानीका लागी दावी आएको छ । जसमा अहिले सम्म १ सय २३ वटा भुक्तानी भईसकेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update