Erani Mahal
जनभावना अनुसार काम गर्न तयार छु : अध्यक्ष सारु
f (1)
पाल्पा - निस्दी गाउँपालिका पाल्पाका अध्यक्ष मुक्त बहादुर सारुले आफू जनभावना अनुसार काम गर्न तयार रहेको बताउनुभएको छ । स्थानीय तह सदस्य निर्वाचन-२०७९ मा नवनिर्वाचित जनप्रतिनिधि र पार्टी प्रमुखसंग पत्रकार भेटघाट कार्यक्रममा आज उक्त कुरा बताउनुभएको हो । उहाँले अगाडि भन्नुभयो निस्दी गाउँपालिका कृषि र पर्यटनको सम्भावना रहेकोले सोही अनुरुप कार्यविधि बनाएर कार्यान्वयन गरिने बताउनुभयो । सामुदायिक विद्धुत विस्तारमा सबैको चासो रहेकोले यसलाई प्राथमिकताका साथ लाग्ने बताउनुभयो । कार्यक्रम गाउँपालिका उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले महिलाहरुको हकहित एवम् सचेतनाका कार्यक्रमहरु सन्चालन बताउनुभयो । त्यस्तै वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष तथा प्रवक्ता मेख बहादुर सुनारीले स्थानीय सेवाग्राहीहरुलाई समयमै सेवा दिन र मानव संसाधनमा जोड दिने बताउनुभयो । कार्यक्रममा वडा नम्बर-२,सहलकोटका वडाध्यक्ष फत्तेसिं दर्लामीले भौतिक पूर्वाधार बिकास गर्न कार्ययोजना सहित कार्य सन्चालन गरिने बताउनुभयो । त्यस्तै वडा नम्बर-३,झिरुबासका वडाध्यक्ष नविन्द्र थापा सोतीले निर्वाचनको बेलामा गरेका प्रतिबद्धता अनुसार योजना तथा कार्यक्रम सन्चालन गर्ने बताउनुभयो । वडा नम्बर-४,मित्यालका वडाध्यक्ष सन्तबिर सुनारीले जनताको सेवा गर्न आएको भन्दै सदैब तत्पर रहेको बताउभयो । त्यसैगरी वडा नम्बर-५,गल्धाका वडाध्यक्ष दुर्ग बहादुर सोमैले सामुदायिक विद्धुतको कार्यलाई समयमै सम्पन्न गर्न आफू अतुर रहेको बताउनुभयो । नेकपा एमालेका निस्दी गाउँ कमिटीका अध्यक्ष नर बहादुर सुनारीले निस्दीको बिकासका कामहरुलाई जनप्रतिनिधिहरुको ध्यान जानुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका सचिब यज्ञमूर्ती तिमिल्सिनाले गाउँपालिका को हरेक कार्यक्रममा जनचासो रहने भएकोले सोही अनुरुप कार्यसन्चालन ध्यान दिन सुझाव दिनुभएको थियो । पत्रकारहरुले उठाएका जिज्ञासाबारे नवनिर्वाचित जनप्रतिनिधिहरुले उत्तर दिनुभएको थियो । प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा सन्चालन भएको सन्चालन सचिब नारायण तिमिल्सिनाले गर्नुभएको हो ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update