Erani Mahal
पाल्पामा एक्ली महिला वडा अध्यक्ष चिदीमगर
30821695_223931845047606_7286168795704006082_o
पाल्पा – ८१ वडा रहेको पाल्पामा एक जना महिला मात्रै वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । जिल्लाको तिनाउ–५, को वडा अध्यक्षमा नेकपा एमालेबाट इन्द्राकुमारी चिदीमात्रै निर्वाचित हुनुभएको हो । उहाँले माओवादीको तर्फबाट वडा अध्यक्षका उम्मेदवार गणेश रास्कोटीलाई परािजत गर्दै वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । यो वडामा अन्य चार जना सदस्य भने माओवादी र कांग्रेसबाट निर्वाचित भएका छन् । यसअघि जिल्ला समन्वय समितिको सदस्यमा निर्वाचित हुनुभएकी चिदी यसपटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । जिल्लाको बगनासकाली र रैनादेवी छहरामा पनि दुई जना महिलाले वडा अध्यक्षमा उम्मेद्वारी दिनुभएको थियो । काङ्ग्रेसले जिल्लाभर कुनै पनि स्थानमा महिलालाई वडा अध्यक्षको उम्मेदवार बनाएको थिएन । नेकपा एमाले जिल्लाभरीको ८१ वटामध्ये तिनाउ–५, मा वडा अध्यक्षको उम्मेदवार महिलालाई बनाएको थियो । माओवादी केन्द्रले पनि कुनै पनि वडामा महिलालाई वडाअध्यक्षको उम्मेदवार बनाएको थिएन । ठूला पार्टीबाट महिलालाइ उम्मेदवार बनाए विजयी चुनाव सजिलै जितिन्छ भन्ने याे उदाहरण हाे । बगनासकाली–२ पोखराथोकमा राप्रपाबाट पिम्मला बस्याल र रैनादेवी छहरा–४, मा मङ्गोल नेश्नल पार्टीबाट खगीसरा दर्लामीले पनि वडा अध्यक्षमा उम्मेद्वारी दिनुभएकाे थियाे । तर उहाँहरू दुबैजना पराजित हुनुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  २१:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update