Erani Mahal
चन्द्रकोटका नागरिकहरुले बिकासको अनुभूती गर्ने गरी काम गर्छु : अध्यक्ष केशी
yubraj-kc
गुल्मी - चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केशीले अल्पकालीन र दीर्घकालीन योजना बनाएर अगाडी बढने बताउनुभएको छ । चन्द्रकोट गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउनका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर गाउँपालिकामा बिकासको खोलो बगाउने उहाँले उद्घोष गर्नुभयो । तत्काल गर्नुपर्ने कामहरुलाई गर्दै जाने र दीर्घकालीन बिकासका योजनाहरुलाई योजना बनाई काम गर्ने भन्दै उहाँले चन्द्रकोटका नागरिकहरुले बिकासको अनुभूती गर्ने गरी काम गर्ने बताउनुभएको छ । गाउँपालिका भित्रका नागरिकहरुलाई उत्पादनसंग जोडी आत्म निर्भर बनाउने पनि उहाँले योजना सुनाउनुभयो । युवाहरुलाई ब्यबसायीक रुपमा कृषि र पशुपालनको माध्यमबाट स्वरोजगार बनाई आत्म निर्भर बनाउने गरी आफू लागेको उहाँको भनाई छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update