Erani Mahal
स्याङ्जा, भिरकोटमा प्याराग्लाईडिङ दुर्घटना हुँदा एक जना घाइते
gh
स्याङ्जा- स्याङ्जा, भिरकोट नगरपालिकामा प्याराग्लाईडिङ दुर्घटना हुँदा एक जना घाइते भएकी छिन् । भिरकोट नगरपालिका ८ स्वरेकमैदानमा सोही ठाउँ बस्ने १८ वर्षीय लक्ष्मी अर्याल प्याराग्लाईडिङ सिक्ने क्रममा आज दिउँसो १२ः५० मा अचानक खस्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । घाइते भएकी अर्याललाई प्रभु एयरको हेलिकप्टरबाट उपचारको लागि मेट्रोसिटी अस्पताल पोखरा पठाइएको छ । घाइतेको टाउको र खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update