Erani Mahal
नेप्से परिसूचक दोहोरो अंकले घट्यो
share
काठमाडौं - सेयर बजार परिसूचक नेप्सेमा शुक्रबार दोहोरो अंकको गिरावट आएको छ । लगातार दुई दिन बढेको बजार बजेट अगाडि भने करेक्सन भएको हो । शुक्रबार १५.८२ अंकले घटेको बजार २२२३.७८ विन्दुमा झरेर रोकिएको छ । बिहीबारको तुलनामा शुक्रबार कारोबार रकम भने वृद्धि भएको छ । यस दिन कुल २२३ कम्पनीको २१ हजार ९०४ कारोबारबाट ४१ लाख ४० हजार ६६५ कित्ता सेयर किनबेच भएको छ । शुक्रबार कारोबार रकम १ अर्ब २९ करोड ८९ लाख ५ हजार ५९० रुपैयाँको भएको छ । होटल र पर्यटनबाहेक अन्य उपसमूह भने राताम्य रह्यो । शुक्रबार रुरु जलविद्युतको सेयर मूल्य सबैभन्दा धेरै ६.१३ प्रतिशतले बढेर ९ सय रुपैयाँ पुगेको छ । नारायणी विकास बैंक, उपकार लघुवित्त वित्तीय संस्था, यूनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोसहितका कम्पनीको सेयर मूल्य समेत बढेको छ । यस दिन दिव्यश्वरी हाइड्रोको मूल्य सबैभन्दा धेरै ३.७५ प्रतिशतले घटेर २३१ रुपैयाँमा झरेको छ । हिमाल दोलखा हाइड्रो, कर्णाली विकास बैंक माथिल्लो तामाकोशीसहितका कम्पनीको मूल्य सबैभन्दा धेरै घटेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update