Erani Mahal
नियन्त्रणमा परेका अनेरास्ववियु र  युवा संघका कार्यकर्तालाई प्रहरीले रिहाई गर्‍यो
FB_IMG_1653549091175
पाल्पा – तानसेनबाट नियन्त्रणमा परेका नेकपा एमाले निकट भ्रातृ संघसंगठनका नेता एवं कार्यकर्तालाई प्रहरीले रिहाई गरेको छ । बिहीबार बिहान पेट्रोलियम पदार्थलगायत खाद्यान्नको चर्को मूल्यवृद्धिको विरोधमा उत्रिएका राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु पाल्पाका ६ जना नेता एवं कार्यकर्तालाई तानसेनको आन्दोलन चोकदेखी प्रहरीले नियन्त्रणमा लिएको थियो । मूल्यवृद्धिको विरोधमा सरकारी सवारी साधन रोक अभियानको क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको थियो। युवा संघ नेपालका केन्द्रीय सदस्य एवं जिल्ला ईञ्चार्ज दीपक विश्वकर्मा, जिल्ला कोषाध्यक्ष सुधिर भट्टराई, नगर अध्यक्ष राजेश भट्टराई, जिल्ला सदस्य कृष्ण बस्याल, नगर सदस्य शिशिर बस्याल, अनेरास्ववियू जिल्ला अध्यक्ष हिराकुल कुवँर क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएर केही घण्टापछि छाडेको हो ।
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update