Erani Mahal
६८ हजार बढी विद्यार्थीले लुम्बिनीबाट एसएलसी दिदैँ
283550919_1044150552854169_7427024893278886835_n-1024x532
बुटवल – जेठ १६ गतेदेखि शुरु हुने एसएलसी परिक्षामा लुम्बिनी प्रदेशबाट ६८ लाख १३३ विद्यार्थीहरु परिक्षामा सहभागी हुने भएका छन्। राष्ट्रिय परिक्षा बोर्डद्वारा केन्द्राध्यक्षहरुको लागि बुटवलमा आयोजित अभिमुखीकरण कार्यक्रममा उक्त कुराको जानकारी दिइएको हो । अघिल्ला २ वर्ष कोभिडको कारणले सम्बन्धित विद्यालयलाई नै परिक्षा संचालनको जिम्मा दिइएकोमा यस वर्ष राष्ट्रिय परिक्षा बोर्डको परिवर्तित मापदण्ड अनुसार बोर्डले नै एसएलसी परिक्षा लिने सम्पूर्ण तयारि गरेको बोर्डका बुटवल कार्यालय प्रमुख रमाकान्त तिवारीले बताए। बोर्डको बुटवल कार्यालय अन्तर्गत लुम्बिनी प्रदेशका अर्घाखाची, गुल्मी, कपिलवस्तु, पाल्पा, रुपन्देही र नवलपरासी (पश्चिम) र गण्डकी प्रदेशको नवलपरासी (पुर्व) जिल्लाहरुका १५९ वटा परिक्षा केन्द्रमा एसएलसी (कक्षा १२) परिक्षा हुदैँछ । यी केन्द्रहरुमा ४० हजार ३९३ जना नियमित र ३ हजार १८६ जना आंशिक र ग्रेडवृद्धि तर्फका गरि कूल ४३ हजार ५७९ जना परिक्षार्थीहरु परिक्षामा सहभागी हुदैछन। एसएलसी परिक्षामा सबैभन्दा धेरै रुपन्देही जिल्लाबाट सहभागी हुने बोर्डका शाखा अधिकृत बाबुराम भण्डारीले बताउनुभयो। उहाँका अनुसार रुपन्देही जिल्लाका ६० वटा परिक्षा केन्द्रमा १८ हजार ४५१ परीक्षार्थी परिक्षा दिनेछन । यसैगरी नवलपरासी (पुर्व)का २१ वटा परिक्षा केन्द्रमा ५ हजार ६४७ जना, कपिलवस्तुका २० वटा परिक्षा केन्द्रमा ५ हजार १७८ जना, नवलपरासी (पश्चिम) का १४ वटा परिक्षा केन्द्रमा ४ हजार ५०० जना,पाल्पाका १९ वटा परिक्षा केन्द्रमा ४ हजार १०३ जना, गुल्मीका १५ केन्द्रमा ३ हजार ३२६ र अर्घाखाचीमा १० वटा परिक्षा केन्द्रमा २ हजार ३४७ जनाले कक्षा १२ को एसएलसी परिक्षा दिने उनले बताउनुभयो। राष्ट्रिय परिक्षा बोर्ड बुटवल कार्यालयको कार्यक्षेत्र अन्तर्गत पर्ने साबिकको लुम्बिनी अंचलमा ५४१ विद्यालयहरुले कक्षा ११ र १२ को अनुमति प्राप्त गरि पठनपाठन गराइरहेका छन्। वि.स.२०७६ सालसम्म राष्ट्रिय परिक्षा बोर्डले प्रश्नपत्र छपाईगरि परिक्षा केन्द्रहरुमा पठाउने गरेपनि कोभिडको कारण देखाई विगत २ वर्षदेखि परिक्षा केन्द्रहरुमा परिक्षा शुरु हुनुभन्दा आधा घण्टा पहिले ईमेलबाट प्रश्नपत्र पठाउने र केन्द्रहरुले प्रश्नपत्र छपाई गरि परिक्षा संचालन गर्नुपर्ने व्यवस्था गरेको छ। विगतमा कक्षा ११ को परिक्षा समेत बोर्डले नै संचालन गर्ने गरेकोमा २०७७ सालयता परिक्षा निर्देशिका संसोधन गरि उक्त परिक्षा सम्बन्धित विद्यालयहरुले नै लिने व्यवस्था गरिएको छ। बोर्डले जेठको तेस्रोसातामा कक्षा ११ को परिक्षा संचालन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ।
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update