Erani Mahal
पाल्पामा पेट्राेलियम पदार्थकाे मुल्यबृद्धिकाे बिराेधमा उत्रिएका युवा प्रहरी नियन्त्रणमा
32
पाल्पा – पेट्रोलियम पदार्थको मुल्य बृद्धिको बिरोधमा उत्रिएका एमाले निकट विद्यार्थी तथा युवा संगठनका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घोषित कार्यक्रम अनुसार तानसेनको आन्दोलनचोकमा सरकारी सवारीसाधन रोक्न खोज्ने युवा र विद्यार्थी सङ्गठनका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सवारीसाधन रोकेर सडक जाम गर्ने युवालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीको नियन्त्रणमा युवा सङ्घ पाल्पाका जिल्ला इन्चार्ज दिपक विश्वकर्मा, जिल्ला कोषाध्यक्ष सुधीर भट्टराई, नगर अध्यक्ष राजेश भट्टराई, अनेरास्ववियुका जिल्ला हिरा कुँवरक्षेत्री, कृष्ण बस्याल, शिशिर बस्याललगायत रहनुभएको छ । प्रहरीले नियन्त्रणमा राखेका आफ्ना कार्यकर्तालाई तत्काल रिहाई गर्नुपर्ने नगरका अध्यक्ष गुराँस आत्रेयले बताउनुभएको छ । पेट्रोलियम पदार्थको मुल्यबृद्धि रोक्नुपर्ने माग गर्दै एमाले निकट भातृ सङ्गठनले आन्दोलन गर्दै आएका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update