Erani Mahal
गुल्मीकाे कालीगण्डकीले नागरिकहरुको निशुल्क विमा गरिदिने !
kaligandaki-bed-696x522
गुल्मी - जिल्लाको कालीगण्डकी गाउँपालिकाले पालिका भित्रका नागरिकहरुको निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । दोस्रो कार्यकालको लागि निर्वाचित भएका बेदबहादुर थापाले पदभार ग्रहण गर्दै पालिका भित्रका १५ हजार नागरिकहरुको निशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको जानकारी दिनुभयाे । पालिका भित्रका नागरिकहरुको निशुल्क स्वास्थ्य बीमाले न्यून आय भएका जनताहरुलाई ठुलो राहत मिल्ने भन्दै यस्तो निर्णय गरिएको उहाँले बताउनुभयाे । जनताको स्वास्थ्य प्रति स्थानीय सरकार गम्भीर भएको भन्दै पालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुलाई थप गुणस्तरीय बनाउने र निर्माणधिन १५ शैयाको अस्पतालबाट गुणस्तरीय सेवा प्रवाह गननव निर्वाचित उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले बताउनुभयाे । स्थानीय सरकार भनेको नागरिकको नजिकको सरकार भएको भन्दै स्थानीय सरकारको अनुभूती दिने गरी काम गर्ने दर्लामीले प्रतिबद्धता समेत ब्यक्त गर्नुभयाे । यस्तै थापाले पालिका भित्रका जनताहरुलाई उत्पादनसंग जोडी आत्म निर्भर बनाउने गरी आफू लागेको बताउनुभयाे । कालीगण्डकी गाउँपालिका भित्र तीन हजार पाँच सय घरधुरी रहेका छन् भने १५ हजार नागरिक रहेको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update