Erani Mahal
गुल्मीमा चट्याङ् लागेर एक महिलाको मृत्यु
2020202172thunderstorm
गुल्मी – गुल्मीमा चट्याङ् लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका–४ मा मङ्गलबार राति चट्याङ् लागेर एक महिलाको मृत्यु भएको हाे । मदाने गाउँपालिका–४ म्यालपोखरीकी ४५ वर्षीया राधिका भट्टराईको चट्याङ् लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । गोठमा गाईबस्तुलाई घाँसपात गर्ने क्रममा चट्याङ् लागेर उहाँको मृत्यु भएको खरेलले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update