Erani Mahal
पाल्पामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोध
inbound2003481833516976123-1024x461
पाल्पा – सहिद बहुमुखी क्याम्पस अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले (अनेरास्वबियु) पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोध गरेको छ। रामपुर नगरपालिका– ५ नहर अफिसबाट शुरु भएको बिरोध र्‍याली बेझाड बजार परिक्रमा गरि बजार चोकमा कोण सभामा परिणत भएको हो । कोणसभामा बोल्दै अनेरास्ववियु सचिवालय सदस्य शंकर गौतमले लाचार सरकारले मुल्य वृद्धि गरि जनताको ढाड सेकेको बताउनुभयो । गौतमले दिन दिनै काम गरेर खाने र हुदा खाएर हिड्नुपर्ने मान्छे कसरी चल्ने ? निर्वाचन अघि नै मूल्य वृद्धि गराउन तम्सेको सरकारले निर्वाचनसंग डराएर मतपरिणामको अन्त्यतिर आएर पेट्रोल,डिजेल देखि खाना पकाउने ग्यासको मुल्य बढाएको बताउनुभयो । अनेरास्ववियु जिल्ला सचिव मदन आचार्यको नेतृत्वमा बिरोध प्रदर्शनमा भएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update