Erani Mahal
पाल्पामा अबैध सालका काठसहित दुई जना प्रहरी नियन्त्रणमा
sal pakrau
पाल्पा – पाल्पामा अबैध सालका काठसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको तानसेन–१३, केरादीदेखि बुटवल जाँदै गरेको लु १ ज नम्बरको जीपको पछाडि अबैध रुपमा राखिएको काठसहित दुई जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बुधबार बिहान ९ बजेतिर तानसेनको बसपार्कमा प्रहरी चेकजाँचका जिपमा २४ गोलिया सालका अबैध काठ फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । बरामद गरिएको काठ र नियन्त्रणमा लिइएका दुई जना व्यक्तिलाई डिभिजन वन कार्यालयमा बुझाइएको उहाँले बताउनुभयो । उहाँले थप अनुसन्धान कार्य भइरहेको जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update