Erani Mahal
बुटवलमा मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
arrested_20180911053149-1
बुटवल – बुटवलमा मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सैनामैना नगरपालिका–६ का १८ वर्षीय निश्चल बुढाथोकी र कञ्चन गाउँपालिका वडा नं.२ का १८ वर्षीय अभिषेक थारु रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो । बुटवल उपमहानगरपालिका वडा नं.९ कालिकानगर राज्यलक्ष्मी पथमा पार्कीङमा राखेको लु ५६ प २९०७ मोटरसाईकल गत शुक्रबार हराएको थियो । हराएको मोटरसाईकलको खोजीका क्रममा दुबै जनालाई मोटरसाईकल सहित सोमबार पक्राउ गरिएको प्रहरी प्रमुख केसीले बताउनुभयो । दुबै जनालाई सवारी चोरी मुद्धामा थप अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update