Erani Mahal
बुटवल-पाल्पा सडकखण्डमा सुख्खा पहिरो , यातायात अवरुद्ध
rrr
पाल्पा –तानसेन– बुटवल सडक खण्ड सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सडकको तिनाउ गाउँपालिका –५ कालीमाटीमा सोमबार दिउँसो १ बजे सुख्खा पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको हो । सडकमा ढुंगा र बाँसको झाडीसहित सुख्खा पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध हो । पहिरोका कारण सवारीसाधन सडकमै रोकिएका छन् । सडक डिभिजन कार्यालयको जेसीबीले पहिरो पन्छाउने काम भएको र सडक एकतर्फी खुलाउन पनि कम्तिमा दुई–तीन घण्टा लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update