Erani Mahal
रम्भाको अध्यक्ष र उपाध्यक्षमा एमालेबाट पुन: भण्डारी र श्रेष्ठ निर्वाचित
rr
पाल्पा – रम्भा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका विष्णुप्रसाद भण्डारी र उपाध्यक्षका उम्मेदवार राधाकुमारी श्रेष्ठ रम्भामा निर्वाचित हुनुभएको हो । भण्डारीले ५ हजार ५ सय ८६ मत प्राप्त गरी रम्भा गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभएको हो । भण्डारीका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका दुर्गा अधिकारीले ४ हजार ५ सय ४२ मत प्राप्त गर्नुभएको थियो । यस्तै उपाध्यक्षमा विजयी श्रेष्ठले ५ हजार ७ सय १९ मत प्राप्त गर्नुभएको थियो । श्रेष्ठसँग प्रतिष्पर्धामा रहनुभएका नेपाली काङ्ग्रेसका विष्णुबहादुर थापाले ५ हजार ५८ मत मात्रै ल्याउनुभएको थियो । भण्डारी र श्रेष्ठ दोस्रो कार्यकालका लागि अध्यक्ष र उपाध्यक्षमा निर्वाचिन हुनुभएको हो । रम्भा गाउँपालिकाको वडा नं. २, ४ र ५ मा नेकपा एमालेका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । यस्तै वडा नं. १ र ३ मा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update