Erani Mahal
तानसेनको दमकडामा मोटरसाइकल दुर्घटना : एक जना युवकको मृत्यु
bike_accident
पाल्पा – जिल्लाको तानसेन–९, दमकडामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जना युवकको मृत्यु भएको छ । [caption id="attachment_14925" align="alignnone" width="768"] प्रतिकात्मक तस्वीर[/caption] शनिबार राति साढे ११ बजेतिर लु ७७ प २१३२ नम्बरको मोटरसाइकल सराईबाट तानसेनको बाँसटारीतर्फ आउने क्रममा दुर्घटना हुँदा तिनाउ–५, का २२ वर्षीय योगेश रास्कोटीको मृत्यु भएको हो । गम्भीर घाइते रास्कोटीको उपचारको क्रममा लुम्विनी मेडिकल कलेज प्रभासमा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । दुर्घटनामा परी तिनाउ–५, का २४ वर्षका जनक राना घाइते हुनुभएको छ । मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update