Erani Mahal
पाल्पामा शिक्षककाे विज्ञापन : मासिक तलब रू. ४ हजार !
ttt
पाल्पा - पाल्पाको एक विद्यालयले मासिक ४ हजार तलब दिने गरी प्राथमिक तहको शिक्षककाे विज्ञापन गरेकाे छ । मासिक ४ तलबले दैनिक १३३ रुपैयाँ पर्छ । अहिले श्रमिक दैनिक ज्याला ५६० रुपैयाँ तोकेको छ । तर, विद्यालयले विद्यालयमा पढाउने शिक्षकलाइ मासिक ४ हजार तलबमा कजाउने निर्णय गरेर विज्ञापन गरेकाे हाे । जिल्लाको रम्भा गाउँपालिका–२ फोक्सिकोटस्थित साना हुँगी माध्यमिक विद्यालयले मिति २०७९ जेष्ठ ५ गते गरिएको शिक्षक विज्ञापनमा मासिक चार हजार रुपैयाँ प्रावि तहका दुई जना शिक्षकको आवश्यकता रहेको विज्ञापनमा जनाइएकाे छ । विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार प्रावि तहका लागि नीजि स्रोतबाट तलब खुबाउने गरी विज्ञापन गरिएको सूचनामा उल्लेख छ । हेर्नुहाेस् सूचना :
प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update