Erani Mahal
रिब्दीकोट गाउँपालिकाका जनप्रतिनिधिहरुको पदवाहल !
IMG_2379
पाल्पा– रिब्दीकोट गाउँपालिकामा बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले सपथ तथा पदवाहली गरेका छन् । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि निर्वाचित अध्यक्ष नारायण बहादुर कार्की, उपाध्यक्ष कान्ता अधिकारी सहितको जनप्रतिनिधिहरुले पदवाहली गरेका हुन् । पदवाहली कार्यक्रममा निर्वतमान अध्यक्ष नारायण बहादुर जिसीले सबै जनप्रतिनिधिलाई स्वागत गर्नुभएको थियो । पदवाहली कार्यक्रम पछि अध्यक्ष कार्कीले जनताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै समृद्ध रिब्दीकोट बनाउने अभियानमा आफ्नो टिमले काम गर्ने बताउनुभयोृ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update