Erani Mahal
पाल्पाको रम्भामा शुक्रबारबाट मतगणना सुरु गर्ने
mat-ganana
पाल्पा — पाल्पा जिल्लाको रम्भा गाउँपालिकामा वैशाख ३१ गते स्थगित भएको मतगणना शुक्रबारबाट गरिने भएको छ । निर्वाचन आयोगले कर्मचारी व्यवस्थापन गरेर रोकिएको मतगणना सुरु गर्न निर्वाचन कार्यालय पाल्पा र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो । आयोगले प्रशासनलाई विशेष सुरक्षा व्यवस्था गरेर भए पनि मतगणना गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार जिल्ला निर्वाचन कार्यालयले कर्मचारी व्यवस्थापन गर्न लागिसकेको र कर्मचारी व्यवस्थापन हुनासाथ मतगणनाका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउने जानकारी दिनुभयो । वैशाख ३१ गते रम्भा गाउँपालिका–५, ताहुँको मतगणना सकिएर जोड्ने क्रममा ७४ फर्जी मत भेटिएपछि मत भेटिएपछि गणना कार्य स्थगित भएको थियो । बुधबार आयोगले पत्र पठाएर मतगणना गर्न निर्देशन दिएपछि बिहीबार कर्मचारी व्यवस्थापन गरेर शुक्रबार बिहान मतगणना गरिने जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update