Erani Mahal
तिनाउ खाेलामा पाैडी खेल्ने क्रममा डुबेर १ जनाकाे मृत्यु
palpa death
पाल्पा – तिनाउ खोलामा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३, स्थित तिनाउ खोलामा फोटो खिच्दैँ पौडी खेल्ने क्रममा डुबेर रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका–१० का ३६ वर्षीय कयम अलीको मृत्यु भएको हो । अली बिहीबार दिउँशो ३ बजेतिर साथीहरूसँगै पौडी खेल्ने क्रममा अचानक खोलामा बेपत्ता भएका थिए । अलीलाई प्रहरीको सहायताबाट खोजतलास गरेर भेटिएपछि उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । तर अस्पतालका चिकित्सकले अलीको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update