Erani Mahal
पाल्पाको १० वटा पालिका मध्ये ९ वटा पालिकाको नतिजा सार्वजनिक, कुन पार्टीको कति स्थानमा अग्रता ?
279976750_713423783263976_7508324330386787766_n (1)
पाल्पा – वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणनाअनुसार बुधबार ९ वटा पालिकाको मतगणना सम्पन्न भएको छ । पाल्पाको १० वटा पालिका मध्ये ९ वटा पालिकाको मतगणना सम्पन्न भएको छ । भने जिल्लाको रम्भा गाउँपालिका–५ ताहुँको गतगणनाको क्रममा ७४ फर्जी मत भेटिएपछि गणना कार्य स्थगित भएको छ । निर्वाचन कार्यालय पाल्पाका अनुसार नेकपा एमालेले सर्वाधिक धेरै स्थानीय तह जित्दै पहिलो स्थानमा रहेको छ । ९ वटा पालिकामध्ये गठबन्धनका तर्फबाट कांग्रेसले तानसेन, रैनादेवी छहरा र रामपुर नगरपालिकामा प्रमुख सहितकाे पदमा जित हासिस गरेकाे छ । यस्तै माअाेवादी केन्द्रले रिब्दीकाेट गाउँपालिकाका अध्यक्षमा जित हासिल गरेकाे छ । एमालेले भने निस्दी, पूर्वखाेला, माथागढी, तिनाउ र बगनासकाली गाउँपालिकामा अध्यक्षसहितका पदमा जित हासिल गरेकाे छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update