Erani Mahal
तानसेनमा २ वर्षदेखि सम्पर्क विहिन रुचालकाे खाेजी गर्न प्रहरीद्वारा सूचना जारी !
dhanu
पाल्पा- दुइ वर्षदेखि पारिवारिक सम्पर्क बाहिर रहेका तानसेनका धनबहादुर रुचाल हराएको भन्दै परिवारले खोजी गरिदिन आग्रह गरेका छन् । प्रहरीले समेत रुचालकाे खाेजी गर्न भन्दै सूचना समेत जारी गरेकाे छ । पाल्पा तानसेन नगरपालिका वडा ११ बन्दीपोखरा तिलाहार बस्ने स्व. उदय बहादुर रूचाल का जेठा छोरा करिब ४३ वर्षका धन बहादुर रूचाल परिवारको सम्पर्कमा दुइ वर्षदेखि नभएको उहाँका भाई हरी रुचालले रानीमहललाई जानकारी दिनुभयो । उहाँ २ वर्षदेखि सम्पर्क विहिन भएपछि प्रहरीमा खाेजविनकाे लागि भाइले निवेदन दर्ता गराएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । प्रहरीले सूचना नै जारी गरेर कसैले देखेमा प्रहरी वा आफन्तमा खबरगरिदिन अनुराेध समेत गरेकाे छ । तानसेनको बडिज्ञान टोलबाट बुटवल स्थित ड्राइवर टोलमा घर खरिद गर्न २ वर्ष पहिला हिडेको तर उनी पारिवारिक सम्पर्कमा नरहेको भाइ हरीको भनाई छ तर पछिल्लो दुइ वर्षयता सम्पर्क बिहिन भएको भाई हरि रूचालले बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय तानसेन, पाल्पामा हराएको निवेदन दिए पनि अझै सम्पर्क मा आएका छैनन् भाईले भन्नुभयो, आफ्नो दाई हाप्पी नेपाल को कार्यालय तानसेन बडिज्ञान टोलबाट बुटवल जान करिब ८० लाख रूपैया सहित करिब २ वर्ष अगाडि बुटवल स्थित ड्राइवर टोलमा घर खरिद गर्न हिडेको भन्ने पारिवारिक जानकारी आएकाे तर हिडेको दिन यता सम्पर्क बिहिन भएपछि आफ्ना इष्ट्रमित्र आफन्तजन साथी भाई सबै तिर खोज्यौ कतै नपाएपछि एकदमै चिन्ता मा छांै रुचालले भन्नुभयो । यता छोराको चिन्ताले आमा दिन प्रतिदन बिरामी हुँदै जानुभएको छ । उहाँको खोजी गरिदन र फेला पारेमा निजकको प्रहरी कार्यालय वा आफ्न्तमा खबर गरिदिन आग्रह समेत परिवारले गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update