Erani Mahal
रम्भा गाउँपालिकाको मतगणना  अझै सुरु हुन सकेन !
mat-ganana
पाल्पा- पाल्पाका १० मध्ये ९ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक हुँदा एक स्थानीय तहको मतगणना भने स्थगित छ । शनिबारदेखि स्थगित रम्भा गाउँपालिकाको मतगणना अझैसम्म पनि सुरु हुन नसकेको हो । रम्भा –५ ताहुँको गतगणनाको क्रममा ७४ फर्जी मत भेटिएपछि गणना कार्य स्थगित भएको थियो । सत्तारुढ गठबन्धनका विभिन्न दलहरुले विज्ञप्ती जारी गर्दै सार्वजनिक नतिजाप्रति असहमति जनाउँदै पुनः मतदानको माग गरेका छन् । मतगणनास्थलमा गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको थियो । स्थगित गतगणना सुचारु गर्न प्रयास गरिएपछि सफल नभएको रम्भा गाउँपालिकाका निर्वाचन अधिकृत कृष्ण प्रसाद भण्डारीले बताउनुभयाे । निर्वाचन अधिकृत भण्डारीका अनुसार जिल्लास्तरीय, पालिकास्तरीय निर्वाचन संयन्त्रसंगको छलफलमा पुनः मतगणना सहमति भएपनि गठबन्धन दलका प्रतिनिधीले पुनः मतदानको माग राख्दा निष्कर्ष जुटन नसकेको हो । निर्वाचन आयोगले पनि पुनः गणना गर्न भनेको भण्डारीले बताए । गतगणना सुरु गर्ने विषयमा दलहरुसँग छलफल भईरहेको बताउनुभयाे । ‘गठबन्धन दलका प्रतिनिधीहरुले पालिका स्तरीय कर्मचारीबाट भएको गणना मान्य हुने छैन भनेको हुँदा बाहिरका कर्मचारी राख्ने तयारी भएको छ’ रम्भाका निर्वाचन अधिकृत भण्डारीले भन्नुभयाे, ‘तर गठबन्धन दलका प्रतिनिधीबाट भने पुनः मतदानकै माग छ । हामीले त आयोगले जे भन्छ त्यही गर्ने हो । अब आयोगले जे निर्णय गर्छ त्यसैको प्रतिक्षामा छौं ।’
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update