Erani Mahal
सिंहदरबारभित्र रूखको हाँगा भाँच्चिएर पाल्पाका कार्कीको मृत्यु
bijay_karki
काठमाडौं- सिंहदरबारभित्र रूखको हाँगा भाँच्चिएर लाग्दा पाल्पाको रम्भा गाउँपालिका–५ ताहुँ घर भएका २६ वर्षीय विजय कार्कीको मृत्यु भएको हो । उनी राष्ट्रिय अनुसन्धान विभागमा सूचकको रुपमा कार्यरत थिए । बुधवार राति पौने ८ बजे सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभाग परिसरमा हावाहुरीका कारण एक्कासि रूखको हाँगा भाँच्चिएर लाग्दा उनको मृत्यु भएको हो । नजिकै रहेको क्यान्टिनमा खाना खाएर सुत्न जाने क्रममा उनलाई रुखको हाँगाले लागेको हो । प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार रुखको हाँगाले लागेर गम्भीर घाईते उनको उपचारका क्रममा मृत्यु भएको हो । ‘रुखको हाँगा नै उहाँको टाउकोमा खस्दा गम्भीर घाइते हुनुभएको थियो,’ मैनालीले भने, ‘उपचारका लागि उहाँलाई तत्काल नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा लगिएको थियो । उपचारको क्रममा राति सवा ११ बजे उहाँको मृत्यु भयो ।’
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update