Erani Mahal
पाल्पाका ३ पत्रकार एमालेबाट वडा अध्यक्ष चुनिए !
patrakar
पाल्पा– नेपाल पत्रकार महासंघ पाल्पाका तीन जना सदस्य नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा छानिएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाका निर्वतमान अध्यक्ष राजेश कुमार अर्याल तानसेन वडा नं. ९ को, जेष्ठ सदस्य सोमनाथ अर्याल तानसेन ८ को र सदस्य ओम प्रकाश गैरे बगानसकाली ५ दर्लमडाँडाको वडा अध्यक्ष पदमा चुनिनुभएको हो । पत्रकार महासंघको विधान अनुसार कुनै पनि राजनीतिक दलको सदस्य, अध्यक्ष भएको व्यक्ति भएमा स्वतः पत्रकार महासंघको सदस्यता खारेज हुने व्यवस्था रहेको छ । उहाँहरुले पत्रकार महासंघको सदस्यता त्यागको लागि गैरेले लिखित र अर्यालले मौखिक जानकारी पत्रकार महासंघलाई गराएको महासंघका अध्यक्ष रेखीराम रानाले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update