Erani Mahal
बगनासकाली गाउँपालिकामा एमालेका उम्मेद्वार विजयी
bagnas
पाल्पा- पाल्पाको बगनासकाली गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । पालिकाकी निवर्तमान उपाध्यक्ष सरस्वती चिदी ८ सय ३३ मतान्तरले अध्यक्षमा विजयी भएकी हुन् । उहाँले ६ हजार ४ सय ६६ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सुनिता अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गरेर दाेस्राे हुनुभयाे । , उपाध्यक्षमा एमालेका हरि पाठक ५ हजार ८ सय ७३ मत ल्याएर विजयी हुनुभएकाे छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेय (कमल)ले ४ हजार ७ सय ७८ मत ल्याएर दाेस्राे हुनुभयाे । यस पालिका अध्यक्षमा यसअघि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए । यसपालि पाँच दलिय गठबन्धन रहेपनि अध्यक्ष, उपाध्यक्ष र बहुमत वडा एमालेले जितेको हो । यस्तै ९ वटा वडा रहेको पालिकामा ६ वटामा नेकपा एमालेका उम्मेदवार विजयी भए भने ३ वटामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए । दुई नगरपालिकासहित १० स्थानीइ तह रहेको पाल्पामा बुधबार बिहानसम्म ९ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । जिल्लाको रम्भा गाउँपालिकामा भने मतगणना शुरु हुन सकेको छैन् । फर्जी मत भेटिएपछि भएको विवादका कारण यस पालिकामा बुधबार विहानसम्म पनि मतगणना शुरु हुन नसकेको हो ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update