Erani Mahal
पाल्पाको तानसेन नगरपालिकामा गठबन्धनका उम्मेदवार विजय
281346312_362577219187769_3870623127340138263_n
पाल्पा – पाल्पा जिल्लाको सदरमुकाम तानसेन गठबन्धनका उम्मेदवार विजय भएका छन । तानसेन नगरपालिकाकोे प्रमुखमा सन्तोषलाल श्रेष्ठ र उपप्रमुखमा प्रतिक्षा सिंजाली विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ ११ हजार २७३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका धनेन्द्रराज घिमिरेले १० हजार ३९४ मत प्राप्त गर्नुभएको थियाे । त्यस्तै उपप्रमुखमा गठबन्धनबाट (नेकपा माओवादी केन्द्र)काे प्रतिक्षा सिँजाली ११ हजार १५१ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकाे शशी श्रेष्ठले १० हजार ३७२ मत प्राप्त गर्नुभएकाे थियाे ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update