Erani Mahal
रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा गठबन्धन उम्मेद्वार विजयी
Yubraj
पाल्पा- रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार रुक्मांगत भट्टराई विजयी हुनुभएकाे छ । उहाँ ६ हजार ६ सय ४३ मत प्राप्त गरेर विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर राउतले ६ हजार १ सय ४५ मत प्राप्त गर्नुभयाे । राउत दाेस्राे प्रयासमा पनि पराजित हुनुभएकाे हाे । उपाध्यक्षमा गठबन्धनकै नेकपा माओवादी केन्द्रका उम्मेदवार युवराज थापा विजयी भएका हुनुभएकाे छ उहाँले ६ हजार ३ सय ७ मत प्राप्त गरेर विजयी हासिल गर्दै गर्दा उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेकी गीता भट्टराई घिमिरेले ५ हजार ७ सय ६१ मत मात्रै पाउनु भयाे । यहाँ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी लगायतका दलले गठबन्धन गरेका थिए।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update