Erani Mahal
गुल्मीको मालिकामा नेकपा माओबादी केन्द्रका  देवीराम अध्यक्षमा विजयी !
malika
गुल्मीः- गुल्मीको मालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रका देवीराम अर्याल निर्वाचित हुनुभएकाे छ । उहाँले ६ हजार १७६ मत ल्याएर विजयी भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका रितबहादुर थापाले ४ हजार ६१७ मत प्राप्त गर्नुभएकाे छ । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उपेन्द्र अर्याल ६ हजार ३३४ मत ल्याएर विजयी हुनुभएकाे छ । उहाँका प्रतिद्धन्द्धी एमालेकी रनमाया पुनले ४ हजार ६९२ मत प्राप्त गर्नुभयाे । गाउँपालिकाका ८ वटा वडाहरु मध्ये नेकपा एमालेले सदस्य समेत हात पार्न सकेको छैन । नेकपा माओबादी केन्द्रले वडा नम्वर ३ को वडा अध्यक्ष र अन्यमा नेपाली कांग्रेस रहेको छ । मालिकामा १७ हजार ७२३ मतदाता रहेकोमा ११ हजार ५८० मत खसेको थियो । यस अगाडी नेकपा एमालेकै अध्यक्ष उपाध्यक्ष रहेका थिए ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update