Erani Mahal
गुल्मीमा एमालेकाे किल्ला भनिने, प्रदिप ज्ञवालीकाे गाउँमा माओवादी विजयी !
ruru-santosh
गुल्मी- २०४३ सालको निर्वाचन यता कहिल्यै नहारेको तत्कालिन नेकपा माले र अहिलेको एमालेको किल्ला रुरुक्षेत्र गाँउपालिका पहिलो पटक एमाले पराजित भएको छ । गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार यदु ज्ञवालीले ४ दशकदेखि एमालेले आफ्नो किल्ला मान्दै आएको रुरुलाई पहिलो पटक भत्काईदिएका छन् । एमाले नेता प्रदिप ज्ञवाली, कमल श्रेष्ठ, निलकण्ठ गौतम जस्ता एमाले नेताहरु जन्माएको रुरुक्षेत्रमा स्थानीय तह निर्वाचनमा एमाले पराजित भएको छ । मतगणनाको पछिल्लो परिणाम अनुसार रुरुक्षेत्र गाउँपालिकामा सत्ता गठबन्धनका साझा उम्मेदवार यदु ज्ञवालीले विजयी भएका छन् । उनले एमालेका प्रभावशाली मानिएका हिमाल श्रेष्ठलाई पछि पार्दै पालिका अध्यक्षमा विजयी भएका हुन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update