Erani Mahal
पाल्पा– नेपाल पत्रकार महासंघ पाल्पाका जेष्ठ सदस्य सोमनाथ अर्याल वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । ७२ वर्षीय अर्याल पाल्पा तानसेन नगरपालिका वडा नं. ८ को वडा अध्यक्षमा निर्वाचित भएसँगै तानसेनमा एमालेको खाता खोल्नु भएको हो । यस अघि एकदेखि ७ सम्म बामलोकतान्त्रिक गगठन्धनका उम्मेद्वारहरु विजयी भएका थिए । तानसेन नगरपालिका –८ को अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार सोमनाथ अर्याल निर्वाचित हुनुभएको छ । अर्याल ८ सय २३ मत प्राप्त गरेर वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । वडामा एमालेको प्यानल नै विजयी भएको हो । पत्रकार महासंघका पूर्व अध्यक्ष भगवान भण्डारीका अनुसार अर्यालले संभवत लुम्बिनी प्रदेशकै जेष्ठ वडा सदस्यमा निर्वाचित हुनुभएको छ । अर्याल वडा अध्यक्षमा उठेसँगै पत्रकार महासंघको सदस्यबाट हट्नको लागि मौखिक आग्रह गरेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update