Erani Mahal
निस्दीमा एमालेकाे क्लिन स्विप सहित सारु पुन: अध्यक्षमा निर्वाचित
Mukta Saru
पाल्पा– जिल्लाको निस्दी गाउँपालिकाको अध्यक्षमा २०७४ सालमा विजयी मुक्तबहादुर सारु पुनः दोस्रो पटक पनि अध्यक्षमा निर्वाचित हुनुभएको छ । एमालेबाट गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्नुभएका सारुले ६ हजार ६ सय ५२ मत ल्याएर विजयी हुनुभएको हो । सारुले नेपाली काङ्ग्रेसका उम्मेद्वार गोविन्दप्रसाद अर्याललाई पराजित गर्नुभएको हो । यस्तै गाउँपालिकाको उपाध्यक्षमा एमालेबाटै तिरणकुमारी श्रेष्ठ निर्वाचित हुनुभएको छ । श्रेष्ठले ६ हजार ६ सय ३८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निस्दीको सात वडामध्ये सबै वडामा एमालेका उम्मेद्वार विजयी भएका छन् । यसअघिको निर्वाचनमा काङ्ग्रेसले दुई वटा वडामा विजयी हासिल गरेको थियो । यसपटक भने निस्दीमा कुनै पनि वडामा काङ्ग्रेसका उम्मेदवार विजयी हुन नसकेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update