Erani Mahal
रिब्दिकाेट गाउँपालिकमा माओवादीका कार्की विजयी !
Naran Karki
पाल्पा- जिल्लाकाे रिब्दिकाेट गाउँपालिककाे प्रमुखमा माअाेवादी केन्द्रका नारायण बहादुर कार्की विजयी हुनुभएकाे छ । बामलोकतान्त्रिक गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका कार्कीले एमालेका उम्मेद्वार अहिलेका गापा अध्यक्ष नारायण बहादुर जिसीलाई पराजित गर्नुभएको हो । गठबन्धनतर्फका नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणबहादुर कार्की पाँच हजार ७०४ मत प्राप्त गरी विजयी हुनुभएकाे हाे । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नारायणबहादुर जिसीले चार हजार ७२६ ल्याउनुभएकाे छ । उपाध्यक्षमा गठबन्धनकै नेपाली कांग्रेसकी उम्मेदवार कान्ता अधिकारी विजय हुनु भयाे । उहाँले पाँच हजार ४७९ मत ल्याउनु भएकाे थियाे । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार लक्ष्मी खनालले ४ हजार ९२६ मत प्राप्त गरेर दाेस्राे हुनुभएकाे छ ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update