Erani Mahal
माथागढीमा ढल्याे काँग्रेस : एमालेका उम्मेद्वारहरु विजयी !
uml matha
पाल्पा- माथागढी गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएका छन् । दुवै जना पूर्व स्वास्थ्यकर्मीहरु अध्यक्षमा यम चिदी मगर र उपाध्यक्षमा बिष्णु माया लुङ्चे निर्बाचित हुनु भएको छ । यस अघि काँग्रेसले क्लिन स्विप पारेकाे गाउँपालिकामा अहिले एमालेका उम्मेद्वारहरु विजयी भएका हुन् । अध्यक्षमा चिदीले ६ हजार १ सय ९, उहाँका निकटतम प्रतिद्वन्दी सन्तोष थापा ५ हजार ५ सय ५४ मत ल्याउनु भएको छ । उपाध्यक्ष लुंचेले ५ हजार ८ सय ८२ र काँग्रेसका विजय भट्टराई ५ हजार ६ सय ४४ मत ल्याएर दोस्रो हुनुभएको छ । माथागढीमा सत्तारुढ दलको देशभर गठबन्धन भएपनी काँग्रेसले क्लिन स्वीप गरेको भन्दै गठबन्दन गर्न मानेको थिएन ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update