Erani Mahal
पाल्पाको तिनाउ र पूर्वखोलामा एमालेका उम्मेदवार विजयी
ti pur
पाल्पा– पाल्पाको तिनाउ र पूर्वखोलामा एमालेका उम्मेदवार विजयी भएका छन् । तिनाउँ गाउँपालिकाको अध्यक्षमा एमालेका प्रेम श्रेष्ठ र पूर्वखोला गाउँपालिकाको अध्यक्षमा नुनबहादुर थापा विजयी हुनुभएको हो । पूर्वखोलाको सबै वडामा एमालेको प्यानल नै विजयी भएको हो । यस्तै तिनाउँको उपाध्यक्षमा भने काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । तिनाउँमा कुल खसेको १० हजार ३१६ मतमध्ये ५ हजार ९० मत ल्याएर प्रेम विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठले ४ हजार ४ सय ६६ मत प्राप्त गर्नुभएकाे छ । उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका लालबहादुर थापा विजयी हुनुभएकाे छ । उहाँले ५ हजार ८२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सावित्रा गुरुङ रानाले ४ हजार ४ सय ६५ मत प्राप्त गर्नुभयाे । २०७४ सालको निर्वाचनमा तिनाउ गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो । यसपटक गठबन्धनबाट उम्मेदवारी दिएपनि कांग्रेसभित्रको असन्तुष्टहरुलाई मिलाउन सकेका थिएनन् । टिकट वितरणमा असन्तुष्टि जनाउँदै पालिकाका कांग्रेस सभापति प्रेम पाण्डेयसहित सबै पदाधिकारी, वडा सभापति लगायतले राजीनामा बुझाएका थिए । तिनाउ गाउँपालिकाको वडाध्यक्षमा १ मा एमालेबाट भुवानसिंह चिदी, २ बाट यादव अर्याल, ३ बाट चित्रबहादुर थापा ४ बाट तुलबहादुर आले ५ बाट इन्द्रा चिदी र ६ वडाबाट टोमबहादुर पुन विजयी भएका छन् । ३ का थापा र ६ का पुन कांग्रेसका हुन् । अन्य वडाका सबै एमालेबाट निर्वाचित भएका हुन् ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update