Erani Mahal
पाल्पाको रामपुर नगरपालिका ९ मा नेपाली काङ्ग्रेस बिजयी !
ram
पाल्पा- पाल्पाको रामपुर नगरपालिका वडा नम्बर ९ मा नेपाली काङ्ग्रेस बिजयी भएको छ । रामपुरको ४ वडाको मत गनिएको छ । जहाँ नेपाली काङ्ग्रेसले वडा नम्बर १,२ र ९ जितेको छ भने नेकपा एमालेले वडा नम्बर १० जितेको छ । यस पालिकामा मुख्य प्रतिस्पर्धा नेपाली काङ्ग्रेस र नेकपा एमालेको रहेको छ । रामपुर ९ मा नेपाली काङ्ग्रेसका अध्यक्ष उमेदवार डिल बहादुर राना सहितको प्यानल बिजयी भएको हो । रानाले ७६८ ल्याउदा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार नेत्र बहादुर गाहाले ६८६ मत ल्याउनुभयो । त्यसैगरी, महिला सदस्यमा सुन कुमारी रुचालले ७५६ मत दलित महिला सदस्यमा भगवती सुनारले ७६० मत, खुला सदस्यमा तिल बहादुर गाहाले ७५५ मत र नारायण प्रसाद पोखरेलले ७५४ मत ल्याउनुभएको छ । नेकपा एमालेका महिला सदस्यको ६८७ मत दलित महिला सदस्यको ६८५ मत, खुला सदस्य क्रमशः ६८४ मत र ६७० मत आएको छ । बिजयी घोषणा संगै नेपाली काङ्ग्रेसले मतगणना स्थल रामपुर नगरपालिका कार्यालय परिषरमा हर्षौल्लास मनाएको छ । वडा नम्बर ९ मा २१४४ मत मध्य १४८१ मत खसेको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update