Erani Mahal
निस्दीको सहलकोटमा एमालेको उम्मेदवार बिजयी
280379522_562957865180351_919195003837955464_n
पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर-२,सहलकोट,पाल्पामा नेकपा एमालेका उम्मेदवारहरु प्यानल सहित बिजयी भएको छ । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य-२०७९ निर्वाचनको मत गणनामा नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार फत्त सिं दर्लामीले ६१३ मत सहित बिजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार याम बहादुर मश्राङ्गीले २९६ मत प्राप्त गरेका छन् । जम्मा ९०३ मत खसेको सहलकोटमा गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार मुक्त बहादुर सारुलाई ६२१ मत उपाध्यक्ष पदका उम्मेदवार तिरन कुमारी श्रेष्ठलाई ६१९ मत प्राप्त भएको छ । त्यसैगरी नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार गोविन्द प्रसाद अर्यालले २७८ मत गठबन्धनबाट उम्मेदवार बनेका उपाध्यक्ष पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका राम बहादुर खत्रीले ९ मत प्राप्त गरेका छन् । बाकामलाङ्ग र सहलकोट २ वटामा मत गन्दा गाउँपालिका अध्यक्षका एमाले उम्मेदवार सारुले १ हजार ३७६ मत सहित अग्रता लिएका छन् भने कांग्रेसका उम्मेदवार अर्यालले ९३६ मत सहित पछ्याउँदै छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update