Erani Mahal
ढल्यो काँग्रेसको गढ : माथागढी १ चिदीपानीमा एमालेको प्यानल नै विजयी !
chi
पाल्पा– नेपाली काँग्रेसको गढ मानिएको पाल्पाको चिदीपानीमा एमालेका उम्मेद्वारहरुले प्यानल नै विजयी हाँसिल गरेको छ । माथागढीमा २०७४ सालमा क्लिन स्वीप पारेको काँग्रेस र गढ भनिएको चिदीपानीमा विरासत जोगाउन भने सकेन । माथागढी गाउँपालीकाका युवा नेता राजकुमार पन्थी माथागढी गाउँपालीका वाड नम्बर १ को अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँ सहितको महिला सदस्य दलित महिला सदस्य खुल्ला सदस्य दुई टिम बिजय हुनुभएको हो । पन्थी तत्कालिन नेकपा माओवादी केन्द्रबाट पार्टी एकिकरणको समयमा एमालेमै रहनुभएको थियो । वडा अध्यक्षमा राजकुमार पन्थी ९७० मत सहित बिजेता बन्नुभएको छ भने काँग्रेसका महेन्द्र जि.सीले ७४९ मत सहित उपबिजेता बन्नुभयो । महिला सदस्यमा एमालेकी तुल्सा न्यौपाने ९८६ मत सहित बजेता बन्नुभएको छ भने काँग्रेसकी गंगा रेग्मी ७४७ मत सहित दोस्रो हुनुभयो । यस्तै दलित महिला सदस्यमा एमालेकी लिला कुमारी बि. क.९६४ मत सहित बिजेता बन्नुभएको छ भने काँग्रेसकी कमला सुनार ७८० मत सहित उपबिजेता हुनु भएको छ । खुल्ला सदस्यमा एमालेका डुकुल बहादुर गाहा ९५४, टोल बहादुर गाहा ९३९ मत सहित बिजेता बन्नुभएको छ भने काँगेसका बालकृष्ण बस्याल ९०० र यान बहादुर गाहा ७८५ मत सहित उप बिजेता बन्नुभएको छ । चिदीपानीमा गाउँपालिका अध्यक्ष पदमा नेकाका सन्तोष थापा मगर ७३६, एमालेका यम बहादुर चिदीले १०३९ ल्याउनु भएको छ । अध्यक्षमा समेत नेकालाई एमालेले लिड गरेको छ । उपाध्यक्षमा बिजया भट्टराई नेका ७५७, एमालेकी बिष्णु माया लुङ्चेले १०१२ मत प्राप्त गर्नुभएको छ । देशभरी नै सत्तारुढदलविच गठबन्धन भएको अवस्थामा माथागढीमा भने काँग्रेसले एकलौटी चुनावमा उत्रिएको थियो । तर यहाँ काँग्रेस भित्रको चरम व्यक्तिवादी र गुटबन्दीका कारण पार्टीलाई असर पुगेको स्वयम काँग्रेसकै नेताहरुले बताउने गरेका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  ०६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update