Erani Mahal
एमालेका पूर्व मन्त्रि रानाकाे गाउँ रामपुरमा काँग्रेसकाे प्यानल नै विजयी !
c
पाल्पा- पाल्पाको रामपुर नगरपालिकाको वडा नम्बर १ मा नेपाली काङ्ग्रेसको प्यानल नै बिजयी भएको छ । नेपाली काङ्ग्रेसका अध्यक्ष उमेदवार कपिल बहादुर खाण सहितको प्यानल बिजयी भएको हो । अध्यक्ष खाणले ९४७ ल्याएर जित हासिल गर्दा उहाँका प्रतिद्वन्दी नेकपा एमालेका मीन बहादुर खाणले ७५१ मत ल्याउनु भएको छ । त्यस्तै महिला सदस्यमा देवका पोख्रेल ८९५ , दलित महिला सदस्य जिवनमाया सार्कीको ९१४ र सदस्य नारायण चन्द ठकुरी र मदन खाण ठकुरीको समान ९००/९०० मत आएको छ । त्यस्तै नेकपा एमालेका महिला सदस्य तर्फ ७९७ मत, दलित महिला सदस्य बिष्णु कुमारी बिकको ७७८ मत र खुला सदस्यमा पुर्ण बहादुर अर्दलीको ७७५ र अर्का खुला सदस्य हेमसरा सारुको ७६९ मत आएको छ । वडा नम्बर १ मा नगरप्रमुखमा नेपाली काङ्ग्रेसलाई ८९२ मत र उपप्रमुखमा ८९४ मत र नेकपा एमालेको प्रमुखमा ८०२ मत र उपप्रमुखमा ८०९ मत प्राप्त भएको छ । रामपुर नगरपालिका १ गाडाकोटमा २५ बर्षपछी नेपाली काङ्ग्रेसले प्यानल सहित जितेको हो । यो वडा नेकपा एमालेका साम्सद, प्रदेश सह संयोजक एवं पुर्व मन्त्री दल बहादुर रानाको वडा हो ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update