Erani Mahal
वुटवल उप महानगरपालिकामा काँग्रेसका उम्मेद्वारकाे अग्रता कायमै
khel
बुटवल - बुटवल उप महानगरपालिकाको नगर प्रमुखको प्रारम्भिक मत गणनामा आग्रता लिएको नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका खेलराज पाण्डेयले १ हजार ७८ मत पाएका छन भने नेकपा एमालेका बावुराम भटराईले ५सय ४२ मत पाएका छन्। बुटवलको वडा नं १ मा दोश्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्र कुमार शेरचनले ४१९ मत पाएर तेश्रो स्थानमा ओर्लेका छन्। यसैगरी उप प्रमुखमा अग्रता लिई रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी भगवती पाण्डेलाई उछिन्दै एमालेकी साबित्रा अर्यालले ६ सय ३२ मत पाएकी छन्। वडा नं १ को मतपरिणाममा तेश्रो स्थानमा रहेका गठबन्धनका उम्मेदवार चिन बहादुर गुरुङले वडा नं १९ को मत गणनामा पाण्डेलाई उछिनेका छन्। गुरुङले ५७५ मत ल्याउदा पाण्डेले ४६७ मत प्राप्त गरेकी छन्।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update