Erani Mahal
स्थानीय तहको निर्वाचन उत्साहजनक रूपमा सम्पन्न, मतगणना गरिदै !
280484895_766495791182593_7499108100153717479_n (1)
पाल्पा,पाल्पामा स्थानीय तहको निर्वाचन उत्साहजनक रूपमा सम्पन्न भएकाे छ । जिल्लाका कुनै पनि स्थानीय तहमा अप्रिय घटना बीना उत्साहजनक रूपमा मतदान कार्य सम्पन्न भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । दश स्थानीय तह रहेकाे पाल्पामा बिहान ७ बजेदेखी साँझ ५ बजेसम्म मतदान कार्य चलेकाे थियाे । १ लाख ९९ हजार ६ सय ९० मतदाता रहेकाे पाल्पामा मतदानका लागि बिहानैदेखी मतदाता लामवद्द भएका देखिन्थे । पाल्पाकाे १ सय १८ मतदान स्थलका २ सय ४७ मतदान केन्द्रमा मतदान सम्पन्न भएकाे हाे । स्थानीय तह सदस्यकाे निर्वाचनका लागि पाल्पामा २ हजार ६२ कर्मचारी खटीएका थिए । दाेस्राे पटक स्थानीय तहकाे निर्वाचन सम्पन्न भएको हाे । पाल्पा लगायत देशभर मतपेटेकी केन्द्रमा संकलन गरिरहेकाे छ । मतपेटिका संकलन पश्चात आजदेखि नै मतगणना सुरु हुने आयाेगले जनाएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update